site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
योग दिवसमा काठमाडौंको स्काइवाक टावरमा योगाभ्यास

काठमाडौं । काठमाडौंको कमलादीस्थित ‘स्काइवाक टावर’मा मंगलबार विभिन्न कार्यक्रम गरी दशौँ राष्ट्रिय योग दिवस मनाइएको छ ।

स्काइवाक, अष्टाङ्गयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको २५६ फिटमाथिको स्काइवाकमा योगाभ्याससँगै योगबारे चर्चा गरिएको ‘स्काइवाक टावर’का प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

पाण्डेका अनुसार साहसिक योगाभ्यासको विकास गर्ने उद्देश्यले ‘स्काइवाक टावर’मा योग दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा अष्टाङ्गयोग, कीर्तिपुर योग समाज, तारकेश्वर योग केन्द्र, अनामनगर महिला योग समाज तथा योग भूमिका करिब १५० जनाको सहभागिता रहेको स्काइवाक टावरका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले बताए ।

“दशौँ राष्ट्रिय योग दिवसका अवसरमा स्काइवाकमा योगाभ्यास गरेका छौँ । अब प्रत्येक हप्तामा स्काइवाकमा योगाभ्यासलाई निरन्तरता दिइनेछ,” उनले भने । योग शिक्षालाई सबै तहमा अझ फराकिलो बनाउँदै नागरिकलाई स्वस्थ बनाउने विषयलाई आफूहरूले प्राथमिकतामा राखेको ज्ञवालीले बताए ।

यस्ता कार्यक्रमहरूले योगका आयामलाई सन्तुलित राख्दै जीवनपद्धतिका रूपमा विकसित गर्ने विश्व शान्ति ध्यान केन्द्रका योग गुरु स्वामी कल्याणले विश्वास व्यक्त गरे । योग साधनालाई आफूलाई आफैले बुझ्ने परम साधनका रुपमा बुझ्नुपर्ने उनको भनाइ छ ।

मंगलबारको योगाभ्यासका क्रममा एकसय पटक आठ सूर्य नमस्कार गरिएको थियो । बिहान ६ बजेदेखि ९ बजेसम्म चलेको योगाभ्यासमा महिला तथा पुरुषहरूको उल्लेख्य सहभागिता थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro