site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्डोनेसियामा शक्तिशाली भूकम्प, कति भयो क्षति ?

काठमाडौं । इन्डोनेसियाको सुलावेसी टापुको तटमा बुधबार भूकम्प गएको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार बुधबार इन्डोनेसियाको सुलावेसी टापुको तटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । 

अहिलेसम्म क्षतिको खबर आएको छैन । भूकम्पको केन्द्रबिन्दु सुलावेसी प्रान्त नजिकै १० किलोमिटर गहिराइमा रहेको थियो ।

इन्डोनेसिया भूकम्पको जोखिममा
इन्डोनेसिया ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ, जहाँ टेक्कानिक प्लेटहरूको चालका कारण भूकम्प जान्छ ।

जनवरी २०२१ मा सुलावेसीमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा एक सयभन्दा बढीको मानिसको मृत्यु भएको थियो । हजारौँ नागरिक घरबारविहीन भएका थिए ।

२०१८ मा, सुलावेसीको पालुमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीका कारण दुई हजार २०० भन्दा बढीको मृत्यु भएको थियो ।

२००४ मा आचे प्रान्तमा ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो । जसका कारण इन्डोनेसियामा एक लाख ७० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ०७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro