site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पका पूर्वसल्लाहकार भन्छन्– निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिन्थे

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प यसपटक पुनः निर्वाचित नभएको भए सन् २०२० को चुनावको नतिजा उल्ट्याउने कथित प्रयासका निम्ति दोषी ठहरिने भन्ने तत्कालीन विशेष सल्लाहकार ज्याक स्मिथको प्रतिवेदन अमेरिकी सञ्चारमाध्यमले मंगलबार बिहान प्रकाशित गरेको छ ।

“संविधानले राष्ट्रपतिविरुद्ध निरन्तर अभियोजन र मुद्दा चलाउन निषेध गर्छ भन्ने अमेरिकी न्याय विभागको दृष्टिकोण छ र यो आरोपको गम्भीरता, सरकारी प्रमाणको बलियोपन वा अभियोजनको गुण–दोषमा आधारित छैन, जसलाई कार्यालयले पूर्ण समर्थन गर्छ,” प्रतिवेदनमा भनिएको छ, “वास्तवमा श्री ट्रम्पको निर्वाचन र आसन्न राष्ट्रपति पदको पुनर्बहाली नभएको भए (विशेष सल्लाहकारको) कार्यालयले स्वीकार्य प्रमाणहरू परीक्षणमा दोषी ठहर गर्न र कायम राख्न पर्याप्त थियो भनी मूल्यांकन गरेको थियो ।”

जनवरी २० मा ह्वाइट हाउस फर्किन लागेका ट्रम्पलाई संयुक्त राज्य अमेरिकालाई धोका दिने षड्यन्त्र र आधिकारिक कारबाहीमा बाधा पुर्याउने षड्यन्त्रको आरोप लगाइएको थियो । कांग्रेसको सत्रले राष्ट्रपति जो बाइडेनको चुनावी जित प्रमाणित गर्न बोलाएको थियो, तर सन् २०२१ जनवरी ६ मा रिपब्लिकन समर्थकको भिडले हिंसात्मक आक्रमण गरेको थियो । 

ट्रम्पको अनुसन्धान गर्न नियुक्त विशेष सल्लाहकार रहेका स्मिथले नोभेम्बरको राष्ट्रपति चुनाव जितेपछि आगामी नेता विरुद्धको संघीय आपराधिक मुद्दा खारेज गरे । 

रिपोर्ट रातारात सार्वजनिक भएलगत्तै ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा स्मिथलाई ‘विचलित’ भन्दै प्रतिक्रिया दिएका छन् । “ज्याक स्मिथ कति निराश छन् भनेर देखाउनका लागि उनले बिहान १ः०० बजे आफ्नो नक्कली निष्कर्ष जारी गर्नुभयो”, ट्रम्पले अर्को पोस्टमा भनेका छन् । 

स्मिथले विशेष सल्लाहकारका रूपमा आफ्नो अन्तिम प्रतिवेदन पेस गरेको केही दिनपछि गत हप्ता न्याय विभाग छाडेका थिए । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro