site stats
बाह्रखरी :: Baahrakhari
विदेश
के एलन मस्कले टिकटक किन्न लागेका हुन् ?

काठमाडौं । अमेरिकी धनाढ्य एलन मस्क बेलाबेला अनेक कारणले चर्चामा आइरहन्छन् । पछिल्लो समय उनको चर्चा टिकटकसँग जोडेर भइरहेको छ । केही सञ्चारमाध्यमले मस्कले टिकटक किन्न लागेको समाचार प्रकाशित गरेका छन् ।

तर, टिकटकले अमेरिकी सञ्चालन मस्कलाई बेच्न लागेको दाबीमा सत्यता नरहेको स्पष्ट पारेको छ । “हामीबाट ‘अनुमान’मा टिप्पणी गर्ने अपेक्षा नगर्नुहोस्,” टिकटकका प्रवक्ताले भनेका छन् ।

Argakhachi Cement Island Ad

हालै, ब्लुमबर्गको एक रिपोर्टमा टिकटकलाई लिएर चिनियाँ अधिकारीहरूले एउटा विकल्पमा विचार गरिरहेको दाबी गरिएको थियो ।

रिपोर्टमा अमेरिकी सर्वोच्च अदालतले एपमाथिको प्रतिबन्धलाई समर्थन गरे अमेरिकामा यसको व्यवसाय विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई बेच्न सकिने उल्लेख गरिएको थियो ।

टिकटकले पटकपटक एपलाई नबेच्ने बताउँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्