site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इनफिनिक्स नोट ५०एक्स सार्वजनिक, मूल्य २२ हजार रुपैयाँ

काठमाडौं । विश्वभर तीव्र रूपमा लोकप्रिय बन्दै गएको प्रविधि ब्रान्ड इनफिनिक्सले नेपालमा नयाँ शक्तिशाली स्मार्टफोन नोट ५०एक्स सार्वजनिक गरेको छ । अत्याधुनिक प्रविधिसँगै आकर्षक मूल्यमा उपलब्ध यस स्मार्टफोनले नेपाली प्रयोगकर्तालाई उच्च प्रदर्शन, तीव्र चार्ज क्षमतासहितको ५जी जस्ता सुविधा प्रदान गर्नेछ । 

इनफिनिक्स नोट ५०एक्स हाल नेपाली बजारमा २१ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । उक्त  मूल्यमा फाइभजी प्रविधि भएको फोन निकै कम रहेको कम्पनीको दाबी छ ।

Argakhachi Cement Island Ad

नोट ५०एक्स विशेष गरी तीव्र प्रोसेसर, दीर्घकालीन ब्याट्री, उत्कृष्ट स्क्रिन र क्यामेरा सुविधासहित सुसज्जित छ । यसमा मिडियाटेक डाइमेन्सिटी ७३०० अल्टिमेट ५जी प्रोसेसर प्रयोग गरिएको छ । गेम खेल्दा, भिडियो हेर्दा वा मल्टिटास्किङ गर्दा सहज र तीव्र अनुभव दिने कम्पनीको दाबी छ । 

६.६७ इन्चको १२० हट्र्ज एलसीडी डिस्प्लेले स्क्रोल गर्दा सहजता प्रदान गर्छ । ५० मेगापिक्सेलको पछाडिको क्यामेरा र ८ मेगापिक्सेलको अगाडिको क्यामेराले फोटो तथा भिडियो राम्रो खिच्ने कम्पनीको दाबी छ । साथै, यसमा ४के भिडियो रेकर्डिङ को सुविधा समेत रहेको छ ।

यो स्मार्टफोनमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको छ । जसले विभिन्न एपहरू र डाटा सजिलै सञ्चय गर्न र चलाउन मद्दत पुर्‍याउँछ । ५२ सय एमएएच क्षमताको ब्याट्रीमा ४५ वाटको फास्ट चार्जिङ प्रविधि (अल–राउन्ड फास्ट चार्ज ३.०) रहेको छ । 

साथै, यसमा एनएफसी सपोर्ट, इन्फ्रारेड ब्लास्टर, र धुलो तथा पानी छर्किने प्रतिरोधी आइपी ६४ डिजाइन समेत समावेश गरिएको कम्पनीले जनाएको छ । यस स्मार्टफोनमा एन्ड्रोइड १५ मा आधारित १५ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।

इनफिनिक्स नोट ५०एक्स अहिले टाइटानियम ग्रे रंगमा उपलब्ध छ । इनफिनिक्सले यो स्मार्टफोन नेपालभरका मोबाइल पसलहरूमा तथा अनलाइन माध्यममार्फत बिक्रीमा ल्याएको जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्