देश
काठमाडौं । तिब्बतमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । दिङ्गी केन्द्रविन्दु बनाएर आज बेलुका ६ः४२ बजे ५.६ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
परकम्प काठमाडौंलगायत जिल्लामा महसुस भएको छ ।
भूकम्पविद् लोकविजय अधिकारीले पुस २३ गते गएको ७ म्याग्निच्युडको भूकम्पको परकम्प भएको बताए । तिब्बत भूकम्पपछि परकम्प जाने क्रम रोकिएको छैन ।
भूकम्पविद्लाई प्रश्न– तिब्बतमा गएको भूकम्प कस्तो हो ? नेपालको भन्दा कति फरक ?
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१ २०:५१
प्रतिक्रिया दिनुहोस्