site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विनय खोलाको पुल भाँचिनुको कारण भारतीय ट्रकमा अत्यधिक भारवहन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सम्बन्धित निकायले भार मापनमा लापरबाही गर्दा बुटवल–नारायणगढ खण्डको दुम्कीबासमा पुल भाँचिएको आरोप लगाएको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अत्यधिक भारवहन गरी भारतीय ट्रक सञ्चालन हुँदा दुम्कीबासमा रहेको विनय खोलाको पुल भाँचिएको भन्दै भार मापनमा लापरबाही गर्ने निकायलाई कारबाही गर्न समेत माग गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

भारवहन नियमनसम्बन्धी कार्यविधि २०७१ ( संशोधन २०७४) लागू गरेको अवस्थामा तौलपुलले जारी गरेको प्रमाणित कागजात लिएर हिँड्नुपर्ने व्यवस्थालाई भारतीय ट्रकले उल्लंघन गरेको महासंघको भनाइ छ । महासंघले भारतीय मालबाहक सवारीसाधनको निर्वाध आवागमनमा रोक लगाई ७२ घन्टे प्रवेश पास खारेज गर्न माग गरेको छ ।

त्यस्तै, मालबाहक सवारीसाधन भारवहन नियमनसम्बन्धी कार्यविधि २०७४ लाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले बताए । 

त्यस्तै, नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई भन्सार विन्दुमा नै नेपालको कानुनले तोकेको भारवहनभन्दा बढी मालवस्तुको जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाइनुपपर्ने महासंघले जनाएको छ । त्यस्तै, नेपालका जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राख्नुपर्ने सुझाव दिएको छ ।

यही पुस २६ गते भारतीय नम्बर प्लेटको ट्रक पास हुने क्रममा विनय खोलाको पुल भाँचिएको थियो । पुल भाँचिएपछि अस्थायी बाटो बनाएर आवतजावत गराइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro