site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवैध तस्करी रोक्न लुम्बिनी प्रहरीको विशेष अपरेसन

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि विशेष अपरेसन थालेको छ ।

भारतसित नाका जोडिएका तराईका बाँके, कपिलवस्तुलगायत जिल्लामा विशेष अप्रेसन थालिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

भारत हुँदै राजस्व नतिरी व्यावसायिक प्रयोजनका निम्ति विभिन्न सामग्री भित्रिने र नेपालबाट अवैध रूपमा बाहिरिन थालेपछि प्रहरीले जाँचमा कडाइ गरेको हो ।

पछिल्लो समयम बाँके र कपिलवस्तुबाट प्रहरीले अवैध रूपमा नेपाल भित्रिएको ठूलो परिमाणका विभिन्न सामग्री बरामद गरेको छ । त्यसबाहेक तस्करी गर्न लागिएका माछा र भैँसी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro