site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपीन रिहाइको पहल, भोलि कतारका विदेशमन्त्रीसँग कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कञ्चनपुरका विपीन जोशी रिहाइको पहल भइरहेको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा उनले विपीन रिहाइको पहलका निम्ति फेरि कतारलाई आग्रह गर्न लागिएको जानकारी गराइन् ।

“भोलि कतारका विदेशमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्ने कार्यक्रम छ, हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको लागि,” उनले भनिन् ।

Dabur Nepal
NIC Asia

उनले विपीन रिहा हुने आशा व्यक्त गरिन् । “विपीन सकुशल हुनुहुन्छ भन्ने आशा छ,” उनले भनिन्, “उहाँ रिहा हुनुहुन्छ भन्ने विश्वास छ ।”

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली विद्यार्थीसहित करिब १२ सयजनाको मृत्यु भएको थियो । विपीनसहित करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो ।

बन्धकको रिहाइ र गाजापट्टीमा युद्धविराम सम्झौताका निम्ति कतारले पहल गर्दै आएको छ । हमास र इजरायल दुवैसँग कतारको राम्रो सम्बन्ध छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro