site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शाश्वतधाममा ५० लाख दर्शनार्थी : शनिबार विशेष कार्यक्रम सम्पन्न

नवलपुर । नवलपुरस्थित शाश्वतधाममा ५० लाख दर्शनार्थीले भ्रमण गरेको ऐतिहासिक क्षणको उपलक्ष्यमा शनिबार विशेष कार्यक्रम आयोजना गरिएको छ ।  शाश्वतधाम परिसरमा धार्मिक र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । साथै शनिबार यहाँ आएका सबै दर्शनार्थीका लागि स्वस्ती वाचन तथा भजन किर्तनले स्वागत गरिएको थियो । 

सन् २०१७ मा उद्घाटन गरिएको शाश्वतधाममा शनिबारसम्म दर्शन गर्नेको संख्या ५० लाख पुगेको हो । सोहि अवसरमा शनिबार उत्सवका रुपमा मनाइएको हो । 

उक्त कार्यक्रममा ख्यातिप्राप्त आध्यात्मिक गुरुहरु, विशिष्ट व्यक्तित्व, जनप्रतिनिधि, जिल्लास्थित कार्यालयका प्रमुखहरु, विभिन्न संघसंस्थाका पदाधिकारी, स्थानीय टोल विकास समिति, आमा समूह र सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यक्रममा काठमाडौँ उपत्यकामा लोकप्रिय महाकाली नृत्य र नागाचा नृत्यलाई पहिलोपटक उपत्यका बाहिर प्रस्तुत गरिएको हो । 

शाश्वतधाममा प्रस्तुत यी नृत्यलाई सहभागीहरुले निकै रुचीका साथ हेरेका थिए । यसका साथै, थारु, मगर, लामा–गुरुङ, ब्राह्मण जातिका मौलिक नृत्य र सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो। 

“शास्वतधामले आफुलाई नेपालको अन्यत्र कहिँ नभएको धार्मिक स्थलको रुपमा स्थापित गरेको छ,” ५०औ लाख आगन्तुक मजोज अर्यालले  बताए । 

स्थानीय मौलिक संस्कृति, भेषभूषा, रहनसहन र बाजागाजालाई समेटेर प्रस्तुत गरिएको कार्यक्रमले सनातन धर्मप्रतिको श्रद्धा, आस्था र विश्वास जागरण गर्न तथा धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको शाश्वतधाम परिवारले जनाएको छ ।

धर्म र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्दै धार्मिक पर्यटनको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा शाश्वतधाममा भ्रमण गर्न आउने पर्यटकको उत्साहजनक सहभागिता रहेको थियो । 

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी र आर्ट अफ लिभिंगका संस्थापक रवि शंकरद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको शाश्वतधाम पछिल्लो समय नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको छ । 

कलात्मक मन्दिर, गुरुकुलीय विद्यापीठ, बौद्ध चैत्य–गुम्बा, संग्रहालय र शाकाहारी भोजनालय जस्ता स्थलहरु रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro