site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलद्वारमा लुकाएर ल्याइयो ‘सुन’, एयरपोर्टबाट समातिए तीनजना
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सुनजस्तो देखिने धातुसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीका २७ वर्षीय शिवशंकर चौधरी छन् ।

हिमालय एयरलाइन्सको उडानमार्फत कतारको दोहाबाट उनीहरू काठमाडौं आएका थिए । भन्सार छली लैजान लागिएको उक्त धातुसहित शुक्रबार (हिजो) उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा मलद्वारभित्र लुकाइएको सुनजस्तो देखिने धातुसहित फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो । कृष्णप्रसादको साथबाट ५८.३३ ग्रामको सिक्री, मोहम्मदको साथबाट ५८.३३ ग्रामको सिक्री र शिवशंकरको साथबाट ५८.३३ ग्रामको सिक्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान एवं कारबाहीका निम्ति उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको  छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro