
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली कांग्रेस र नेकपा (एमाले)को सत्तासहकार्यप्रति छिमेकी मुलुक चीन खुसी रहेको बताएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहितका एमाले नेताहरू सोमबार (जेठ १९) चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले दुई दलको सहकार्यले राजनीतिक स्थायित्व दिएको बताए ।
“नेपालका प्रमुख दलबीचमा जुन सहकार्य भएको छ, त्यसले राजनीतिक स्थायित्व दिन्छ । त्यो राजनीतिक स्थायित्वप्रति खुसी व्यक्त (चिनियाँ अधिकारी) गर्नुभएको छ,” उनले भने ।
आफूसहितको टोलीको यो सद्भाव भ्रमण भएको मन्त्री भण्डारीले बताए । यसले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।