site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय परिचयपत्रको सिस्टम मर्मतसम्भारका लागि टेन्डर आह्वान गर्दै विभाग

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रको सूचना प्रविधि प्रणाली मर्मतसम्भारका लागि बोलपत्र आह्वान गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सिस्टमको मर्मतसम्भार एवं सर्पोट उपलब्ध गराउने कम्पनी खोज्न बोलपत्र आह्वान गर्न लागेको हो ।

राष्ट्रिय परिचयपत्रको सिस्टम निमार्ण गरी कार्ड छाप्नेसम्मको कामका लागि सरकारले ०७६ मा फ्रान्सको कम्पनीसँग सम्झौता गरेको थियो । फ्रान्सको आईडीईएमआईए कम्पनीले यो प्रणाली विकास गरेको थियो ।

त्यसपछि कम्पनीले सम्झौताअनुसार, करिब तीन वर्ष मर्मतसम्भारको काम गरेको थियो । दुई वर्ष भने प्रतिस्पर्धाबिना नै आईडीईएमआईएले वार्षिक मर्मतसम्भार (एएमसी)को जिम्मा पाएको थियो ।

गत वर्ष ०८० को भदौमा मन्त्रिपरिषद्को बैठकले अघिल्लो वर्षको भुक्तानी दिने र थप एक वर्ष आईडीएमआईलाई नै जिम्मा दिने निर्णय गरेको थियो ।

यसै वर्ष ०८१ को भदौमा पछिल्लोपटकको मर्मतसम्भार सम्झौता सकिएपछि सरकारले अब प्रतिस्पर्धा गराएर कम्पनी छनोट गर्ने तयारी गरेको हो ।

प्रणालीको सोर्स कोड भने आईडीईएमआईसँग रहेको विभाग स्रोतको भनाइ छ । सरकारले सोर्स कोड आफैँ राखेर आफ्नै जनशक्तिले नै व्यवस्थापनको काम गर्ने भने पनि त्यसो गर्न सकेको छैन । प्रणालीको डाटासहितको सर्भर भने एकीकृत डाटा व्यवस्थापन केन्द्र र डाटा रिकभरी सेन्टरमा रहेको विभागले जनाएको छ ।

गएको भदौयता विभागकै कर्मचारीले प्रणालीमा कुनै समस्या आएमा व्यवस्थापन गरिरहेका छन् । नागरिकको महत्त्वपूर्ण विवरणसहितको सिस्टममा समस्या आउन सक्ने भन्दै विभागले मर्मतसम्भारको जिम्मा दिन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको हो ।

विभागका सूचना अधिकारी शिवराज सेढाईले टेन्डर आह्वान गर्न विभागले तयारी गरिरहेको बताएका छन् । बोलपत्रमा सहभागी हुने योग्य कम्पनीले जिम्मा पाउने उनको भनाइ छ ।

“हामीले अन्तर्राष्ट्रिय टेन्डर आह्वान गर्छाैं । स्पेसिफिकेसन र आवश्यकता अनुसारको योग्य कम्पनी नेपाल वा विदेशको जुन हुन्छ, त्यसले ठेक्का पाउला,” विभागका निर्देशक सेढाईले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro