site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
थाहा फिल्म फेस्टिभल पुस २८ देखि माघ १ सम्म 

काठमाडौं । थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण यही पुस २८ गते आइतबारदेखि माघ १ गते मंगलबारसम्म आयोजना हुने भएको छ । शर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी जम्मा २० फिल्म प्रदर्शनमा राखिने भएका छन् । 

महोत्सवमा सहभागिताका लागि पेस भएका ४६ फिल्ममध्येबाट जम्मा २० फिल्म छानिएको आयोजक थाहा कला केन्द्रले जनाएको हो । 

मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीमा आयोजना हुने यस महोत्सवमा ‘पखेटा’, ‘टुल्की’, ‘बाटो’, ‘लाखे’, ‘सतिदेवी’, ‘मोदिवेनी’लगायत  फिचर फिल्म छनोट भएका छन् । 

सर्ट फिल्मतर्फ ‘बेली’, ‘अन्तर्वार्ता’, ‘द रोप अफ होप’, ‘निर्देश’, ‘दुई सय रुपैयाँ’, ‘खिल’ लगायत छन् ।

डकुमेन्ट्रीतर्फ ‘हिउँ चितुवा’, ‘गल्र्स रिराइटिङ डेस्टिनी’लगायत रहेको आयोजकको प्रेस नोटमा उल्लेख छ । महोत्सवमा फिल्म प्रदर्शनीसँगै ‘फिल्म समीक्षा’ र ‘नेपाली सिनेमाको विविधता’जस्ता समसामयिक विषयमाथि छलफल हुनेछ । 

‘पर्यटनका लागि चलचित्र’ नारासहित आयोजना हुँदै आएको महोत्सवले फिल्ममार्फत् आन्तरिक पर्यटनलाई जोड्ने लक्ष्यसमेत लिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro