site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कानून फेरेर भए पनि त्रिभुवन विश्वविद्यालय सुधारेरै छोड्छु : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानूनी व्यवस्था परिवर्तन गरेर भए पनि त्रिभुवन विश्वविद्यालयको सुधार गर्ने बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)को साक्षात्कारमा उनले सबै विश्वविद्यालय सुधार्न आवश्यक भए पनि सुरुमा त्रिभुवन विश्वविद्यालय सुधार गर्नुपर्ने बताइन् ।

"म के भन्छु भन्दा सबै विश्वविद्यालय सुधार्ने हो । तर, सबैभन्दा पहिला त्रिभुवन विश्वविद्यालय सुधार्ने हो । त्यसका लागि कानूनमा भएका कुराहरूलाई परिवर्तन गरेर भए पनि सुधार्ने हो । त्यसका लागि पदाधिकारीहरूलाई मैले कति सहयोग गर्नुपर्छ ? मैले आजसम्म १०० प्रतिशत  भन्दिनँ ६० प्रतिशत सहयोग गरेको छु," उनले भनिन् ।

उनले विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सबैभन्दा ठूलो भुमिका पदाधिकारीहरूले खेल्नुपर्ने बताइन् । विश्वविद्यालयका पदाधिकारीहरू राजनीतिक विचारसँग आबद्ध भएकाले नेतृत्त्वदायी भूमिका खेल्न नसकेको उनको भनाइ छ । राजनीतिले मात्र पद निर्माण गर्छ भन्ने विचारको विकास गरिएका कारण राजनीतिक हिसाबले नजोडिए पदीय जिम्मेवारी सम्हाल्न नसक्ने विश्वविद्यालयका पदाधिकारीहरूको बुझाइ रहेको उनले बताइन् ।

"जति पनि आजको दिनमा विश्वविद्यालयहरूमा समस्या छन्, त्यसलाई समाधान गर्न सबैभन्दा पहिलो भूमिका पदाधिकारीहरूले खेल्नुपर्छ । पदाधिकारी जतिसुकै भने पनि विचारमा आबद्ध रहनुभएको छ । कहिले अलि बढी बाहिर हल्ला होला, कहिले हल्ला नहोला साँचो कुरा त यो हो नि । होइन भने हाम्रो विश्वविद्यालयमा जाने पदाधिकारीहरू कहीँ न कहीँ राजनीतिमा संलग्न हुनुहुन्छ । किनभने पद भनेको राजनीतिले मात्र निर्माण गर्छ भन्ने बुझाइ हामीले स्थापित गरेका छौँ," उनले भनिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro