काठमाडौं । कुमारी बैंकले विराटनगर महानगरपालिकाको समन्वयमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यूएसएडसँगको साझेदारीमा ‘देशैँभरी वर्षैभरी’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमित रूपमा बैंकले उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको हो ।
वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास बैंकले लिएको छ । यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडिओहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमितरूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको थियो ।
कुमारी बैंकले ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईहरूमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।