site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पार्टीका कुरा सडकमा होइन, बैठकमा राख्नुस् : ओली 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुट नभएको दाबी गरेका छन् । केन्द्रीय कमिटी बैठकको समापनमा ओलीले आफ्ना विषयवस्तु पार्टीका बैठकमा राख्न आग्रह गरेका हुन् । सडकबाट जनमत बनाउने कुरा गलत भएको ओलीको भनाइ छ । 

“विचारधारात्मक, संगठनात्मक गुट पार्टीमा छैन । विचार, सिद्धान्त, बाटो, नीतिमा हाम्रो कुनै मतभिन्नता छैन । आफ्ना विषयवस्तु राख्न मन छ भने पार्टीका बैठकमा राख्नुस् । यहाँ राख्न खुलस्त हुनुहुन्छ, सुनिन्छ । तर, पार्टीका विषय सडकमा राखेर जनमत बनाउँछु भन्ने कुरा ठिक भएन,” अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।  

बैठकमा आफ्ना निम्ति स्वार्थ समूह बनाएर केही लागे पनि पार्टीमा गुट नभएको निष्कर्ष निकालेको छ । बैठकमा ओलीले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निकाल्नुको फेहरिस्त सुनाएका थिए । 

“भीम रावलमाथिको कारबाहीबारे १०औँ महाधिवेशनपछि प्रस्तुत गरेको भूमिकाबारे फेहरिस्त प्रस्तुत गर्नुभयो । अब उहाँ निष्कासनमा पर्नुभयो । कसरी प्रस्तुत हुनुहुनेछ । आगामी दिनमा त्यो हुने भयो,” गौतमले भने ।

स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई भने पटक–पटक पार्टीविरुद्ध बोलेपछि 'वार्निङ'स्वरूप निलम्बन गरेको ओलीले सुनाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro