site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइतीघरका धर्नाकारीलाई भेटेर मन्त्रीले जनाइन् शिक्षा सुधारको प्रतिबद्धता 
Tiktok banner adTiktok banner ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत काम भइरहेको बताएकी छिन् । 

शिक्षा क्षेत्रको सुधारका लागि माइतिघरमा धर्नामा बसेका विद्यार्थीमाझ मन्त्री भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि ऐन कानुन निर्माणदेखि विभिन्न नीतिगत काम भइरहेको बताएकी छिन् । 

उनले तीन तहबीच समन्वयका आधारमा मात्रै शिक्षा सुधार गर्न सकिने धारणा राखिन् । मन्त्रालयले विभिन्न शीर्षकमा स्थानीय तहमा बजेट पठाएपछि पालिकामा शिक्षा कोष र योजना हुन नसक्दा समस्या भएको उनले बताइन् । 

बजेट बनाइसकेपछि आफू मन्त्रालयमा आएकाले आफ्नो भिजन बजेटमा राख्न नसकेको उनले सुनाइन् । मन्त्री भट्टराईले आगामी बजेटमा स्पष्ट भिजनसहितको बजेटको व्यवस्था गरिने प्रतिबद्धता पनि जनाइन् । 

यो वर्ष कार्यान्वयनमा नरहेका कार्यक्रमको बजेट प्रकोपबाट प्रभावित विद्यालयमा केन्द्रित गरेको उनले बताइन् । 

उनले शिक्षा सुधारको माग गर्दै निरन्तर माइतीघरमा धर्ना दिएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंलगायतलाई आन्दोलन स्थगित गर्न आग्रह समेत गरिन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro