राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले)मा फर्किएका छन् ।
एमालेको केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले चेपाङलाई एमालेमा प्रवेश गराएका हुन् ।
उनी एकीकृत समाजवादीमा आदिवासी जनजाति फाँटका सहइन्चार्जको समेत भूमिकामा थिए । मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुन् ।
एमाले बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन् । स्थायी र पोलिटब्युरोका गरी ५२ जनाले बोल्न बाँकी छ ।
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१ १५:३८
प्रतिक्रिया दिनुहोस्