site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष चारमा नटिङ्घमको बलियो सम्भावना 

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टले शीर्ष चारमा रहँदै सिजन अन्त्य गर्ने सम्भावना बलियो बनाएको छ । 

नटिङ्घमले मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडविरुद्ध १–० को जित निकालेसँगै च्याम्पियन्स लिगमा स्थान बनाउँदै सम्भावना बलियो बनाएको हो । 

घरेलु मैदानमा भएको खेलमा नटिङ्घमलाई जित दिलाउन एन्थोनी एलान्गेले गरेको गोल निर्णायक बन्यो । उनले खेलको पाँचौं मिनेटमा गोल गर्दै घरेलु समर्थकमाझ आफ्नो टोलीलाई अग्रतामा राखेका थिए । 

यो जितसँगै तेस्रो स्थानको नटिङ्घमले ३० खेलबाट ५७ अंक जोडेको छ । जुन, चौथो स्थानमा रहेको चेल्सीको भन्दा आठ र पाँचौं स्थानको म्यानचेस्टर सिटीभन्दा नौ अंक धेरै हो । 

तालिकाको चौथो स्थानमा रहेको चेल्सीले २९ खेलबाट ४९ अंक र पाँचौं स्थानको सिटीले ४८ अंक जोडेको छ । 

यता, युनाइटेड भने ३० खेलबाट ३७ अंकसहित तालिकाको १३औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro