काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पूर्वराजावादीसँग बाक्लै बसाउठी भएको बताएका छन् ।
उनले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डको कार्यशैलीको आलोचना गर्दै ‘हङ पार्लियामेन्ट’भित्र खेलिने झिँगेदाउको खेल अन्त्य हुने चिन्ताले सताएको बताएका छन् ।
“असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्चीमा रहँदासम्म देश समृद्ध बन्दै गरेको, अर्थतन्त्र लयमा फर्किएको र निराशाको मात्रै कुरा गर्न नहुने भाषण गरिरहेका प्रचण्ड सरकारबाट हटेको दुई साता नबित्दै संसद्को रोष्ट्रमबाट नेपाल बंगलादेशजस्तै बन्ने अभिव्यक्ति आयो । यो अन्त्यन्त गैरजिम्मेवार, गैर कूटनीतिक र अशोभनीय टिप्पणीमात्रै थिएन, राजनीतिक अवसरवादको भद्दा नमुना पनि थियो । आज माओवादी केन्द्र एक वर्षअघि आफ्नै प्रदेशसभा सदसयहरुको सहभागितामा नामकरण गरिएको कोसीको विरुद्ध उग्र जातीयतावादी समूहहरुसँग मोर्चाबन्दी गरिरहेको छ । ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पु¥याउन उद्दत देखिएको छ । पूर्वराजावादीहरुसँग बाक्लै बसाउठी छ ।”