राजनीति
काठमाडौं । आइतबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी भोलि मंगलबार पनि बस्ने भएको छ ।
ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालय जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्षको राजनीतिक र महासचिवको सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम जारी छ । केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम समाप्त नभएकाले भोलि मंगलबार पनि बैठक बस्न लागेको हो ।
बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ । भोलिसम्म पनि सबैको धारणा नसकिए बैठक थप एक दिन लम्बिने महासचिव शंक्र पोखरेलले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१ २०:४२
प्रतिक्रिया दिनुहोस्