राजनीति
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् खनालले आफू कुनै पार्टीमा सक्रिय नरहेको बताएका छन् ।
“हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु, म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन,” खनालले लेखेका छन्, “म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।”
देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सक्दो कार्य गरिरहने उनले बताएका छन् ।
यसअघि खनाल एमालेमा सक्रिय थिए । उनले एमालेबाट संसदीय निर्वाचन समेत लडेका थिए ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ ०९:२५
प्रतिक्रिया दिनुहोस्