site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियाका राष्ट्रपतिलाई पक्राउ गर्न प्रहरी उनको घर पुग्यो

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । तर, प्रहरी उनीसम्म पुग्न सकेको छैन ।

राष्ट्रपति युनको गिरफ्तारीको विरोधमा ठूलो संख्यामा उनका समर्थक निवास बाहिर भेला भएका छन् । राष्ट्रपतिको सुरक्षा बलले प्रहरीलाई राष्ट्रपति युनसम्म पुग्न रोकेको छ ।

युनले ३ डिसेम्बरको रातमा अचानक 'मार्सल ल'को घोषणा गरेका थिए । यसको विरोधमा देशैभर चर्को विरोध भएको थियो । त्यसपछि राष्ट्रपतिलाई महाभियोग लगाइएको थियो । यसै साताको सुरुमा उनविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।

युनमाथि राष्ट्रपति पदको दुरुपयोग गरेको र विद्रोहलाई उक्साएको आरोप लगाइएको छ । सोही कारण उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।

घटनाको अनुसन्धान गर्न राष्ट्रपति युनलाई अनुसन्धान गरिरहेका अधिकारीहरूसामु उपस्थित हुन बोलाइएको थियो । तर, उनले जवाफ दिन पनि मानेका छैनन् ।

अहिले उनलाई पक्राउ गर्न करिब २० जना प्रहरीको टोली निवास पुगेको छ । राष्ट्रपतिका वकिलले ‘अवैध गिरफ्तारी वारेन्ट’लाई चुनौती दिने बताएका छन् ।

डिसेम्बर १४ मा सांसदहरूले राष्ट्रपति युनमाथि महाभियोगको पक्षमा मतदान गरको थिए । त्यसपछि युनलाई आफ्नो जिम्मेवारीबाट निलम्बन गरिएको थियो ।

यसैबीच, उत्तर कोरियाले दक्षिण कोरियामा विकसित पछिल्ला घटनाका सम्बन्धमा प्रतिक्रिया जनाएको छ । त्यहाँको सरकारी मिडियाले दक्षिण कोरियामा ‘राजनीतिक अराजकता’को अवस्था रहेको बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro