site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो बन्ला भीम रावलको वैकल्पिक राजनीतिक शक्ति ? 

काठमाडाैं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका हुन् । 

अभियान पूर्ण भएपछि त्यसलाई नै पार्टीको रूपमा विकासित गर्ने उनले बताए । एमाले अध्यक्ष केपी ओलीका स्वेच्छाचारी, निरंशुक र तानाशाही निर्णय र कामविरुद्ध तथा राष्ट्र र जनताको हित रक्षा र समृद्धिका लागि मातृभूमि जागरण अभियानका साथ देशभक्तिपूर्ण शक्ति निर्माण गर्ने उनको भनाइ छ । 

Dabur Nepal
NIC Asia

अभियानका क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने रावलको भनाइ छ । पत्रकार सम्मेलनका क्रममा रावलले एमाले अध्यक्ष केपी ओलीप्रति दर्जनौँ प्रश्न र आरोप लगाए । पार्टीभित्र आफू केपी ओलीको कोपभाजनमा परेको भन्दै उनले आफूलाई स्पष्टीकरण नभई दोषपत्र थमाइएको जिकिर गरे । 

ओलीसँग छलफलका लागि पटक–पटक समय लिन खोजे पनि मिलाउन नसकेको उनले बताए । उनले पार्टी गतिविधिमा ओलीले नै निषेध गरेकाले त्यसको जवाफ पनि ओलीले नै दिनुपर्ने धारणा राखे । रावलले अहिलको सरकारबाट समाजवाद ल्याउने कुरा पत्याउन नसकिने भन्दै ओली सत्ताको दुरुपयोग गरी नव तानाशाह बन्न खोजेको आरोप लगाए । 

अहिले सत्ताको खेलमा ठूला दल भन्नेहरू सद्धान्तहीन बन्न पुगेको र भ्रष्टाचारमा संलग्न ठूला व्यक्तिलाई जोगाउने प्रयास भइरहेको रावलले बताए । पार्टीका नीति, निर्णय र नेतृत्वविरुद्ध अभिव्यक्ति दिएको भन्नेबारे रावलले एमाले नेताले फैलाएको हल्ला निराधार र अमूर्त रहेकाले यसले कार्यकर्ता र जनतालाई भ्रमित गर्दै आफूविरुद्ध जनमत सिर्जना गर्ने कुत्सित आशयबाट प्रेरित रहेको तर्क गरे । 

त्यस्तै रावलले संविधानको मार्ग निर्देशन र पार्टीका घोषित कार्यक्रम एवं नीति तथा निर्वाचन घोषणा पत्रमा गरेका प्रतिबद्धता पूरा गर्नेतर्फ कुनै इमानदार प्रयास नभएको आरोप लगाए । बरु पटकपटक पार्टीभित्र कुनै छलफल नै नगरी ओलीले राजनीतिलाई अस्थिर तुल्याउनेतर्फ अग्रसर भएको उनले बताए । उनले पार्टीको दशौँ महाधिवेशनमा धाँधलीका विभिन्न काम केपी ओलीकै निर्देशनमा भएको जिकिर गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro