site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शंकर पोखरेललाई भीम रावलको व्यंग्य– यस्तो बोल्ने कुबुद्धि पनि एआईले दिएको हो ?

काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावलले आफूले पार्टी छाडेको भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । एमाले महासचिव शंकर पोखरेलले आफूलाई पार्टी छाडेको भनेर भ्रम छरेको उनको भनाइ छ ।

बुधबार पत्रकार सम्मेलन गरेका रावलले भनेका छन्, "यही पुस १० गते सचिवालयको बैठकबाट मलाई पार्टी सदस्यबाट निष्कासित गर्ने र त्यसबारे पार्टीका उपमहासचिवले सञ्चारकर्मीलाई जानकारी गराउने तर निर्णय भएको दुई दिन पछि महासचिवले 'भीम रावललाई हामीले निकालेका होइनौँ आफैँ छोडेर गएको हो' भनी सार्वजनिक अभिव्यक्ति दिनुले झुटा र भ्रमको आधारमा चल्ने चरित्रको थप पर्दाफास हुँदैन र ?"

उनले पोखरेललाई अगाडि सोधेका छन्,  "कि यस्तो बोल्ने कुबुद्धि पनि यान्त्रिक बौद्धिकता (एआई) ले दिएको हो ?"

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro