site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'अनुशासनहीन पात्र' ओलीले मलाई कारबाही गरे : भीम रावल

काठमाडौं । नेकपा (एमाले)को कारबाहीमा परेका भीम रावलले 'अनुशासनहीन पात्र' केपी शर्मा ओलीले आफूमाथि अनुशासनको कारबाही गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर रावलले पार्टीमा सबैभन्दा अनुशासन नभएको पात्रले नै आफूलाई कारबाही गरेको बताए ।

उनले माधव नेपालविरुद्ध देशभर छाया कमिटी निर्माण गर्ने, केन्द्रीय कमिटिको बैठकमा ढिलो उपस्थित हुने, सबैभन्दा धेरै लामो समयसम्म बोल्ने र आफूले बोलिसकेपछि अरूका कुरा नै नसुनेर बैठक छोडेर ओली हिँड्ने गरेको बताए ।

त्यस्ता गतिविधि गरेर पार्टीमा बस्ने ओलीले भने आफूलाई अध्यक्षमा उमेदवारी दिएकै आधारमा कारबाही गरेको बताए । उनले पार्टीमा कसैले उमेदवारी दिन नहुने कहाँको अनुशासन हो भन्दै प्रश्न पनि गरे ।

उनले ओलीसँगको वार्ताका क्रममा राखेका विषयमा सकारात्मक भएका ओलीले खबर गर्छु भनेर पनि खबर नै नगरी कारबाही गरेको उल्लेख गरे । उनले स्पष्टीकरणमा उठाएका हचुवा प्रश्नमा आफूले उठाएका प्रश्नको जवाफ एमालेले नखोजेको बताए ।

पार्टीका सातजना स्थायी किमिटी सदस्यको मतको पनि सुनुवाइ पनि नगरी अध्यक्षले हठका आधारमा कारबाही गरेको रावलको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro