site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देशका ६ स्थान अस्वस्थकर, सबैभन्दा बढी प्रदूषित धनगढी

काठमाडौं । बुधबार काठमाडौं उपत्यकासहित देशभरका ६ सहर अस्वस्थकर बनेका छन् । पछिल्लो २४ घण्टाको वायुको गुणस्तरका आधारमा ती सहर अस्वस्थकरको सूचीमा परेका हुन् ।

वातावरण विभागका अनुसार, उपत्यकाका रत्नपार्क र खुमलटार, कैलालीको धनगढी, दाङको देउखुरी, धनुषाको जनकपुर र चितवनको भरतपुरमा २४ घण्टाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५१ भन्दा माथि छ ।

सबैभन्दा धेरै एक्यूआई धनगढीमा १७४ छ । रत्नपार्कमा १५८ छ ।

यस अवधिमा धनगढीको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १०६.३२८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ । रत्नपार्कमा यो मात्रा ८६.५ पुगेको थियो ।

पीएम २.५ का हिसाबले भने बुधबार बिहान रत्नपार्क सबैभन्दा बढी प्रदूषित भएको पाइएको छ । त्यहाँ बिहान ८ बजे पीएम २.५ को मात्रा १२७.४३८ पुगेको विभागको रेकर्ड छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro