site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विश्व शरणार्थीको संख्या १२ करोड २० लाख नाघ्यो : यूएनएचसीआर

बोन, जर्मनी । संयुक्त राष्ट्रस‌ंघीय उच्चायुक्त (यूएनएचसीआर)का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको संख्या १२ करोड २० लाख नाघेको छ ।

जर्मनीमा यूएनएचसीआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ–बाउरले शरणार्थीको तथ्यांकहरूलाई चिन्ताजनक रूपमा वर्णन गरे ।

यूएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले सन् २०२३ मा विश्वव्यापी शरणार्थी जनसंख्या ११ करोड ७४ लाख अनुमान गरिएको देखाएको छ । यो वृद्धि मुख्यतया सुडानमा गृहयुद्धको कारण हो ।

अप्रिल सन् २०२३ मा हिंसा बढेपछि एक करोड १८ लाखभन्दा बढी मानिस सुडानबाट भाग्न बाध्य भएको बयानमा उल्लेख छ । प्रजातान्त्रिक गणतन्त्र कंगो तथा म्यानमारको अवस्थाले शरणार्थी संख्यामा वृद्धिमा योगदान पुर्‍याएको छ ।

गाजा र लेबनानमा द्वन्द्वको परिणामस्वरूप १७ लाखभन्दा बढी मानिसहरूलाई जबरजस्ती विस्थापित भएको छ । रासस/एएनआई

 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro