site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पुर्खाले छाडेका रीतिथिति जोगाउन वर्तमान पुस्ता लाग्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त भएका अधिकारलाई सम्वर्द्धन गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका छन् । 

तमु ल्होछारका अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले आयोजना गरेको विशेष कार्यक्रममा सिंहले प्राप्त भएका अधिकार सही तवरले प्रयोग गर्दै थप सम्वर्द्धन गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका हुन् । 

Argakhachi Cement Island Ad

सिंहले आगामी दिन दिनमा समृद्ध र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले पुर्खाले छोडेर गएका रीतिथिति, परम्परालाई जोगाउनको लागि वर्तमानमा सबै सक्रिय भएर लाग्नुपर्ने धारणा राखे । 

उनले संस्कार संस्कृतिलाई आउने पुस्ता, नयाँ पिँढीलाई सुम्पिनुपर्ने भएकाले कला–संस्कृतिको जगेर्नामा जिम्मेवार तवरले अगाडि बड्नुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्