site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको छ ।  विमानमा सवार १८१ जनामध्ये ८५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएर दुर्घटना भएको थियो । 

मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाइएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएको थियो ।

एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । 

योनहाप समाचार एजेन्सीका अनुसार विमानमा १७३ जना दक्षिण कोरियाली र दुईजना थाइल्यान्डका नागरिक सवार थिए ।
 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro