site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कार्साङ’को गीतमा पूर्वी नेपालको संस्कृति

काठमाडौं । चलचित्र ‘कार्साङ’को गीत ‘सात भन्ज्याङ’ सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द छ भने एसडी योगीको संगीत छ । स्वर एडी योगी र रेश्मा पुन मगरको छ । 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय छ । गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । 

Dabur Nepal
NIC Asia

पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको संस्कृति र जीवनशैलीलाई गीतको शब्द र भिडियोले समेटेको छ । 

पुस २६ गते रिलिज हुने चलचित्रलाई यम शेर्पाले निर्देशन गरेका छन् । चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ ।

‘कार्साङ’मा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । 

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro