site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्वोच्चका पूर्वन्यायाधीश वस्तीको हृदयाघातका कारण निधन
फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयाघातका कारण शुक्रबार राति निधन भएको छ । 

उनलाई हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिए पनि बचाउन नसकिएको पारिवारिक स्रोतको भनाइ छ । 

उनी २०६५ साल भदौ २२ मा न्यायाधीश नियुक्त भएका थिए । पदावधि नथपिएपछि उनले २०७० चैत २९ मा अवकाश पाएका थिए ।

वस्ती करिब ६ वर्षसम्म सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश पदमा रहेका थिए । 

उनका छोराछोरी अमेरिकामा रहेका कारण आइतबार मात्र अन्तिम दाहसंस्कार गरिने सूचना प्राप्त भएको सर्वोच्चका प्रवक्ता अच्युतप्रसाद पुडासैनीले जानकारी दिए।

अहिले उनको शव श्रद्धाञ्जलीका निम्ति नर्भिक अस्पतालमै राखिएको छ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro