site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वको सबैभन्दा ठूलो अटो निर्माता टोयोटाको उत्पादन लगातार १० महिना घट्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । जापानी अटो निर्माता टोयोटाको विश्वव्यापी उत्पादन लगातार दशौँ महिनामा पनि घटेको छ । अमेरिका र चीनमा बढेको मागका कारण यसको बिक्री भने पछिल्ला दुई महिना लगातार बढेको छ ।

विश्वको सबैभन्दा ठूलो गाडी निर्माता टोयोटाले गएको नोभेम्बरमा आठ लाख ६९ हजार २३० गाडी उत्पादन गरेको छ । अघिल्लो वर्षको यसमै महिनाको तुलनामा टोयोटाको उत्पादन ६.२ प्रतिशतले घटेको हो ।

अमेरिकामा टोयोटाको उत्पादन ११.८ प्रतिशतले घटेको छ । तर, यो क्रमिक सुधार भएको बताइएको छ । यस्तै, चीनको उत्पादन १.६ प्रतिशतले घटेको छ, यो अघिल्लो महिनाको ९ प्रतिशतको तुलनामा राम्रो हो ।

विश्वभरमध्ये एकतिहाइ गाडी उत्पादन हुने जापानमा समेत टोयोटाको उत्पादन ९.३ प्रतिशतले घटेको छ ।

अक्टोबरको तुलनामा नोभेम्बरमा बिक्री भएका टोयोटाका गाडीको संख्या १.७ प्रतिशतले बढेर ९ लाख २० हजार ५६९ पुगेको छ ।

बीवाईडी र अन्य चिनियाँ ब्रान्डहरूको विश्वव्यापी बजार विस्तारका बीच टोयोटाले पनि चीनमा विद्युतीय सवारी (ईभी) उत्पादन गर्ने तयारी गरेको छ ।

कम्पनीले सांघाईमा प्लान्ट स्थापना गरी लेक्सस लक्जरी ब्रान्डका लागि सन् २०२७ देखि ईभी उत्पादन गर्ने बताइएको छ ।

रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro