site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङमा अटो दुर्घटना : एकको मृत्यु, दुई घाइते

घोराही । दाङमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । आज दिउँसो १ः५० बजे गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलाबास सडकखण्डमा भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको रा१ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो ३ः३० बजे उपचारका क्रममा उनको मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका सोही ठाउँका अन्दाजी ४० वर्षीया वसन्ती विकको लमही अस्पतालमा र राजपुर–४ का अन्दाजी वर्ष ३६ का प्रेमचन्द्र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

अटोचालक राजपुर गाउँपालिका–तीन भैसहवा निवासी वर्ष ४० का मदन विक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro