site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने जापानको प्रतिबद्धता

टोकियो । जापान सरकारले मंगलबार सन् २०३५ सम्ममा ६० प्रतिशतले हरितगृह ग्यास उत्सर्जन कम गर्ने योजनालाई स्वीकृत गरेको छ । 

वातावरण मन्त्रालय तथा अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको संयुक्त बैठकमा आर्थिक वर्ष सन् २०४० सम्म ७३ प्रतिशतले न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यमा पनि अधिकारी तथा विज्ञहरू सहमत भएका छन् ।

बैठकमा केही विज्ञहरूले विश्वव्यापी जलवायु लक्ष्य पूरा गर्न अपर्याप्त भनी वर्णन गरिएका लक्ष्य तयारीको अन्तिम चरणमा छन् । यी लक्ष्यहरू फेब्रुअरी सन् २०२५ सम्म संयुक्त राष्ट्र संघमा पेस हुने छन् ।

सरकारले आर्थिक वर्ष सन् २०४० का लागि क्षेत्रगत उत्सर्जन न्यूनीकरणको लक्ष्य तय गरेको छ । यसमा आर्थिक वर्ष सन् २०१३ को तुलनामा व्यापार क्षेत्रमा ७४ देखि ८३ प्रतिशत, यातायातमा ६४ देखि ८२ प्रतिशत र घरपरिवारमा ७१ देखि ८१ प्रतिशत समावेश छ । रासस/एएनआई

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro