site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ईसेवाले भन्यो– हाम्रो सिस्टम ह्याक भएको छैन, भ्रमको पछि नलाग्नुहोस्
Tiktok banner adTiktok banner ad

काठमाडौं । डिजिटल वालेट सेवा प्रदायक ईसेवाले ईसेवाबाट रकम चोरी भएको तथा रकम असुरक्षित रहेको जस्ता समाचारहरूको खण्डन गरेको छ ।  भ्रामक र आधारहीन समाचारहरू आएको भन्दै ईसेवाले त्यसमा सत्यता नभएको जनाएको छ ।

केही अनलाइन समाचार पोर्टलमा ईसेवाको सिस्टम ह्याक भएर रकम चोरी भएको दाबीसहित प्रकाशित समाचाहरूले प्रयोगकर्ताहरूमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा ईसेवाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ईसेवाको १६ वर्षको इतिहासमा ईसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको कम्पनीको भनाइ छ । ईसेवालगायत नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरू तथा मर्चेन्टहरूको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको ईसेवाले स्पष्ट पारेको छ ।

भुक्तानी तथा फर्स्योट ऐन, २०७५ अनुसार, ईसेवाजस्ता डिजिटल वालेटहरूको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार, प्रयोगकर्ताको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ । यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित हुने कम्पनीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro