site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुम्लामा लोप हुँदै तरबार नाच
फाइल तस्बिर ।

जुम्ला । शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच जिल्लामा पछिल्लो समय लोप हुँदै गएको छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच लोप हुँदै गएको हो ।

परम्परागत नाचको पुस्तान्तरण गर्दै यसको संरक्षण गर्नुपर्नेमा स्थानीय सरोकार भएका निकायले चासो नदिँदा लोप हुँदै गएको बुढापाका बताउँछन् । पुरुषमात्र सहभागी हुने तरबार नाच लोप हुने चिन्तामा जुम्लीवासी छन् । 

तिला गाउँपालिका–१ का स्थानीय करे परियारले शुभकार्य र चाडपर्वमा सधैँ नाचिने तरबार नाच नयाँ पुस्ताले नसिक्दा, स्थानीय निकायले संरक्षणर प्रवर्द्धनमा योजनाबद्ध काम नगर्दा लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।  

“स्थानीय सरकार यसको संरक्षणर पुस्तान्तरणमा काम गर्नुपर्नेमा चासो देखाएको छैन । युवावर्गले पनि रुचि देखाएका छैनन् । पुर्खाको सम्पत्तिका रूपमा रहेको तरबार नाचको संस्कृतिलाई बचाइराख्ने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ”, सिञ्जा गाउँपालिका–२ का मुनप्रसाद शर्माले भने । 

जुम्लासहित माथिल्लो कर्णालीका जिल्लामा विशेषगरी विवाह, व्रतबन्ध, चाडपर्व र सभासमारोहमा पुरुषले तरबार समातेर नाचिने नाच पुर्खादेखिको संस्कृति लोप हुन लागेकामा स्थानीय चिन्तित छन् । 

सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले खस साम्राज्यसँग जोडिएको पुर्खादेखि परम्परागत महत्व बोकेको तरबार नाचलाई संरक्षण र पुस्तान्तरण गर्न पालिकाको ध्यानाकर्षण भएको बताए । यो नाच परम्परागत सांस्कृतिक सम्पदा तथा मौलिक संस्कृतिका रूपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा पालिकाले विशेष योजना बनाएर कार्यान्वयन गर्ने उनको भनाइ छ ।

खस संस्कृतिसँग जोडिएको तरबार नाचलाई लोपोन्मुख हुन नदिन पालिकाले आवश्यक बजेट व्यवस्थापन गरी संरक्षण गर्ने अध्यक्ष धितालले बताए । आधुनिक युगमा प्रविधिको सहज पहुँचले परम्परागत संस्कृति, पहिचान तथा नाच लोप हुँदै गएकाले सयको संरक्षणमा स्थानीयले पनि समन्वय गर्नुपर्नेमा उनले जोड र्दिए ।  

माथिल्लो कर्णालीका केही जिल्लाका फाट्टफुट्ट विवाह तथा सभासमारोहमा तरबार नाच खेलाउने गरिए पनि पहिलेको जस्तो रौनक र उत्साह नभएको जुम्लाको संस्कृतिका जानकार रमानन्द्र आचार्यले बताए । 

“अहिले सबैका हातहातमा मोबाइल छन् । आधुनिकताका नाममा लोक संस्कृति हराउँदै गएको छ । यसको संरक्षण र पुस्तान्तरणमा स्थानीय सरकारले पहल गर्नुपर्छ”, उनले भने । रासस

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ०७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro