site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भुइँमान्छेको कथा लिएर ६ महिनापछि आउँदै दयाहाङ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अभिनेता दयाहाङ राई केही लामो समयपछि सिनेमामा देखिने भएका छन् । करिब ६ महिनापछि उनको चलचित्र यही पुसमा प्रदर्शन हुन लागेको छ । 

‘घर ज्वाइँ’ रिलिज भएपछि त्यसयता दयाहाङको चलचित्र रिलिज भएको छैन । ‘कार्साङ’ पुस २६ गते रिलिज हुँदा दर्शकले ६ महिनापछि दयाहाङको नयाँ चलचित्र हेर्न पाउनेछन् । यो अवधि अरु अभिनेताका लागि छोटो नभए पनि दयाहाङका लागि भने छोटो हो । उनका चलचित्र एकै दिन दुईवटासम्म रिलिज भएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘दयारानी’ र हात्ती छाप’ तथा ‘बिहे पास’ र ‘जारी’ एकै दिन रिलिज भएका थिए ।   

दयाहाङका चलचित्र हरेक महिनाजसो आइरहेको आरोप लागिरहँदा यो पटक केही समयको अन्तर देखिएको हो । चलचित्र रिलिजमा अन्तर देखिए पनि दयाहाङ छायांकनमा भने व्यस्त छन् । 

Royal Enfield Island Ad

‘कार्साङ’ले गरिबीको रेखामुनि रहेको एक परिवारको कथा भन्नेछ । अभावमा रहेका व्यक्तिलाई समाजले कस्तो व्यवाहार गर्छ भन्ने यो चलचित्रले देखाउने यसको टिजरले संकेत गरिसकेको छ । 

‘कार्साङ’ले भुइँमान्छेको कथा भन्न दयाहाङलाई रोजेको छ । ‘कार्साङ’ यम शेर्पाको डेव्यु निर्देशन रहेको चलचित्र हो । ‘कार्साङ’को कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

चलचित्रमा अभिनेता दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro