काठमाडौं । अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले सांगीतिक तथा हास्यव्यंग्यात्मक कार्यक्रम हुने भएको छ । ‘अब नाच्छ अमेरिका–२’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ कार्यक्रम आउँदो वर्ष सन् २०२५ को फेब्रुअरी तथा अप्रिलमा हुने आयोजक फ्लाइ नेपाका अध्यक्ष विनोद अधिकारीले जानकारी दिए ।
‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पङगेनी, प्रताप दास, गायिका कला लम्साल, एलिना चौहान, ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले आफ्नो प्रस्तुति दिनेछन् । ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, सुजीता श्रेष्ठलगायतको प्रस्तुति रहने आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियालगायत सहरमा कार्यक्रम हुनेछ ।