site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेखरकाे आरोप : सभापति देउवाकै कारण पार्टीमा गुट फस्टाए

काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गरेका छन् । देउवाले पार्टीलाई आफ्नो अनुकूल ढंगले अघि बढाएको भन्दै उनले विरोध गरेका हुन् । 

कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले पार्टी सभापतिले आफ्ना कुरालाई गम्भीरतापूर्वक नलिएको बताए । त्यसैकारण समय–समयमा पार्टीभित्र भागबन्डाको कुरा उठ्ने गरेको उनले जिकिर गरे । 

गुटलाई फस्टाइदिने काम पार्टी सभापतिले गरेको आरोप लगाउँदै कोइरालाले विभिन्न कारणले अहिले पार्टीभित्र विचलन देखिएको कुरा सबैले स्वीकार गर्नुपर्ने धारणा राखे । पार्टी सभापतिले अन्य नेताको कुरा नसुन्दा राजनीति गर्नेहरूलाई अप्ठेरो पर्ने उनको भनाइ छ ।

कोइरालाले कृष्णप्रसाद भट्टराई, गणेशमान, बीपीलगायत कांग्रेसका अग्रज नेतालाई बिर्सिए कांग्रेस नै नरहने धारणा राखे । कृष्णप्रसाद भट्टराईको दृढ संकल्प गर्ने बानी आफूले सदैव स्मरण गर्ने उनले बताए । 

नेता भट्टराईको जन्म विसं १९८१ पुस ८ गते भारतको बनारसमा भएको थियो । राणा शासनमा उनको परिवारले नै भारतको बनारसमा निर्वासित जीवन बिताएको थियो । नेपालको १०४ वर्ष लामो निरंकुश राणा शासन समाप्त पार्न नेता भट्टराईको महत्त्वपूर्ण भूमिका थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro