site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट

पेरिस । फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोउले क्रिसमसअघि नै आफ्नो सरकारको नाम सार्वजनिक गर्ने तयारी गरिरहेका बेला करिब दुईतिहाइ जनता उनलाई प्रधानमन्त्री बनाइएकोप्रति असन्तुष्ट रहेको पाइएको छ । 

फ्रान्सेली साप्ताहिक पत्रिका डु डिमान्चेका लागि आइफपले गरेको एक नयाँ सर्वेक्षणमा ६६ प्रतिशत उत्तरदाताले उनको कार्यसम्पादनबाट चित्त नबुझेको बताएका छन् । आफ्नो नयाँ सरकार प्रमुखप्रति ३४ प्रतिशतले मात्र समर्थन जनाएका वा सन्तुष्ट रहेको बताएका छन् ।

इफपका अनुसार सन् १९५९ को दशकपछि प्रधानमन्त्रीका लागि यति कम अनुमोदन दर (समर्थन) देखिएको छैन । इफपका सर्वेक्षकहरूले डिसेम्बर ११ देखि १८ को बीचमा फ्रान्सेली दुई हजार चार जनप्रतिनिधिसँग सर्वेक्षणका लागि सोधपुछ गरेका थिए ।

राष्ट्रपति इम्यानुयल म्याक्रोँको कार्यकालको छैटौँ र सन् २०२४ को चौथो प्रधानमन्त्री बेयरोउ हुन् । प्रत्येकले अघिल्लोभन्दा छोटो अवधिको लागि सेवा गरेका छन् ।

बेयरूका पूर्ववर्ती मिचेल बार्नियर फ्रान्सका सबैभन्दा पछिल्लो प्रधानमन्त्री थिए । गत डिसेम्बर १३ मा नियुक्त भएका बायरोउले अहिलेसम्म म्याक्रोँलाई आफ्नो मन्त्रिमण्डलको निर्णय बुझाएका छैनन् । 

उनले शुक्रबार फ्रान्स २ टेलिभिजनसँग कुरा गर्दै आफ्नो नयाँ टिम सप्ताहन्तमा वा ‘क्रिसमसअघि’ कुनै पनि हालतमा तय हुने बताए । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro