खेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङको निर्णय गर्दै जनकपुरलाई फिल्डिङको निम्तो दिए ।
प्रतियोगिताको लिग चरणबाट शीर्ष दुईमा रहँदै प्लेअफ आइपुगेका टिम हुन्, जनकपुर र सुदूरपश्चिम ।
लिग चरणका सातमध्ये एक खेलमा मात्र हार व्यहोरेको सुदूरपश्चिमले १२ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो । दोस्रो स्थानमा रहँदै प्लेअफ आएको जनकपुरले समान खेल खेल्दा दुई हारसहित १० अंक जोडेको थियो ।
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१ १२:२३
प्रतिक्रिया दिनुहोस्