site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जनकपुरका कप्तान आसिफ भन्छन्– बदलाको मानसिकता छैन, स्तरीय क्रिकेट खेल्छौँ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्नुअघि जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले बदलाको मानसिकता नरहेको बताएका छन् ।

प्रतियोगिताको फाइनलमा शनिबार जनकपुरले सुदूरपश्चिमविरुद्ध प्रतिस्पर्धा गर्दै छ । यसअघि यी दुई टिमबीच भएको दुई खेलमा सुदूरपश्चिमले सहज जित निकालेको थियो । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरविरुद्ध ७२ रनको र पहिलो क्वालिफायरमा आठ विकेटको जित निकालेको थियो । 

तर, दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध दुई विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । फाइनलअघि जनकपुरका कप्तानसमेत रहेका आसिफले सुदूरपश्चिमविरुद्ध स्तरीय क्रिकेट खेल्ने प्रतिक्रिया दिए ।

Sudurpaschim-Royals-vs-Janakpur-1734697988.jpg
“अहिलेसम्म खेलहरू राम्रो भएको छ । फरक–फरक विकेटमा खेलिरहेका छौँ । कति खेल हाइस्कोरिङ भयो, कति खेल लो स्कोरिङ पनि भए । दुवै अवस्थालाई सदुपयोग गरेर खेल्ने प्रयास गरेका छौँ । सबै खेलाडी राम्रो अवस्थामा हुनुहुन्छ । अब एक खेल बाँकी छ, त्यसलाई राम्रो नोटमा फिनिस गर्नेछौँ,” आसिफले भने, “बदला लिने मानसिकता छैन । भोलि स्तरीय क्रिकेट खेल्छौँ । हामीले सक्दो दिनेछौँ । नतिजाको बारेमा धेरै सोचेका छैनौँ । मैदानबाट निस्किँदा आफूले सक्दो दियौँ भन्ने महसुस हुनुपर्‍यो ।”

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उपाधि भिडन्त शनिबार मध्याह्न १२ः१५ बजेदेखि सुरु हुनेछ ।

हेर्नुहोस् भिडियो

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro