site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदीद्वयको इजलासमा 
फाइल तस्बिर ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुनाविरुद्ध छोरा निराजनले दायर गरेको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासमा परेको छ । 

यही पुस २ गते प्रसाईंका छोरा निराजनका तर्फबाट नारायण खबासले रिट दर्ता गराएका थिए । उक्त रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै थुनुवा झिकाउने आदेशसहित कारण देखाउ आदेश जारी गरेको थियो । 

आज संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । दुवै पक्षको बहस सुनिसकेपछि प्रसाईं थुनामै रहने वा रिहा हुने आदेश सर्वोच्च अदालतले गर्नेछ । 

यसअघि प्रसाईं पक्राउ परेपछि छोरा निराजनले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले प्रसाईंलाई क्यान्सर लागेको हुँदा उचित उपचारको व्यवस्था मिलाउन आदेश जारी गरेको थियो । 

जिल्ला अदालतबाट साइबर अपराधमा धरौटीमा रिहा हुने आदेश भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पक्राउ गरी प्रसाईंलाई संगठित अपराधमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंको अनुमति पाएर थुनामा राखेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro