काठमाडाैं । नेकपा माओवादीका सांसद अमनलाल मोदीले नेपालमा कानुनी जटिलताका कारण कुनै पनि काम हुन नसकेको बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था समितिमा निजामती विधेयकको संशोधन प्रस्तावमाथिकाे छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
यही परिस्थितिमा अमेरिका वा भारतका कुनै सफल राष्ट्रपति ल्याए पनि देश चलाउन नसक्ने उनको दाबी छ । उनले भने, ''यही परिस्थितिमा अमेरिकाका कुनै सफल राष्ट्रपति वा भारतका सफल राष्ट्रपति ल्याऔँ । नेपालमा कोही अर्थमन्त्री, कोही गृहमन्त्री वा चीनबाट सी जिनपिङ नै ल्याऔँ, यही कानुन अनुसारको संरचनामा गयौँ भने ती मान्छेहरू पनि नेपालमा ६ महिनापछि भाग्छन् ।''
सांसद मोदीको दाबी छ, उनीहरू ''कुन देशमा आएँ, कस्तो कानुन बनाएको’ भनेरै भाग्नछन् ।''