site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंको दोस्रो बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा 

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुनाविरुद्ध उनका छोरा निराजनले दायर गरेको दोस्रो बन्दीप्रत्यक्षीकरणको रिट बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा परेको छ ।

उनको यसअघिको बन्दीप्रत्यक्षीकरणकै रिट सर्वोच्चले खारेज गरिदिएको थियो । काठमाडौं जिल्ला अदालतले साइबर अपराधबाहेक अर्कोमा म्याद थप गरेपछि निराजनले दोस्रो रिट दर्ता गराएका हुन् ।

Dabur Nepal
NIC Asia

प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा उनी धरौटीमा रिहा हुने आदेशसँगै प्रहरीले संगठित अपराधमा पुनः पक्राउ गरेको थियो ।

प्रहरीले दुःख दिने मनसाय राखेर पक्राउ र म्याद थप गराएको दाबीसहित छोरा निराजनले मंगलबार अर्को रिट दर्ता गराएका हुन् । यसपटक निराजनको वारेस भएर नारद खवासले रिट दर्ता गराएका छन् ।

प्रसाईं क्यान्सरजस्तो गम्भीर रोगको बिरामी भएको तर राज्यले दुःख दिने नियतले एकपछि अर्को आरोप लगाएर थुनेको भन्दै २४ घण्टाभित्र अदालतमा झिकाएर साधारण तारेखमा रिहा गर्न रिट निवेदनमा आदेश माग गरिएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro