site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मंसिरमा घरजग्गाको कारोबारबाट करिब चार अर्ब राजश्व संकलन
फाइल तस्बिर ।

काठमाडौं । अघिल्लो महिनाको तुलनामा गत मंसिरमा घर जग्गाको कारोबारबाट संकल हुने राजश्वमा वृद्धि भएको छ ।

गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ बराबरको राजश्व संकलन भएकामा मंसिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर संकलन भएको हो ।

Dabur Nepal
NIC Asia

मंसिरमा देशभर ४३ हजार तीन सय ७९ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो । 

विभागका अनुसार मालपोत कार्यालय लगनखेलले रु ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ बराबरको राजश्व संकलन गरेको छ ।

काठमाडौं उपत्यकामा नौ वटा मालपोत कार्यालय छन् । तीमध्ये मालपोत कार्यालय कलंकीले रु २६ करोड ५७ लाख २५ हजार चार सय २५, मालपोत कार्यालय चाबहिलले रु २२ करोड ५८ लाख २३ हजार आठ सय १५, साँखुले रु सात करोड ५० लाख २२ हजार छ सय २९, मनमैजुले रु सात करोड २६ लाख ३४ हजार दुई सय ३३, टोखाले रु सात करोड १२ लाख ४५ हजार सात सय ६५ बराबरको राजश्व संकलन गरेको  छ ।

मालपोत कार्यालय विराटनगरले रु १० करोड ४९ लाख १० हजार तीन सय ९१, मालपोत कार्यालय चितवनले रु ३५ करोड ९८ लाख ३१ हजार एक सय ८४ बराबरको राजश्व संकलन गरेको छ ।

विभागमा अनुसार मंसिरमा सेवा कर रु २६ करोड ६ लाख २५ हजार ६९०, रजिस्ट्रेसन दस्तुर रु दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० बराबर संकलन गरेको छ । एक अर्ब ३१ कोड ६३ लाख ४३ हजार सात सय १४ बराबरको पुँजीगत लाभकर संकलन गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro