site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला यू–१९ एसिया कप : पाकिस्तानले नेपाललाई दियो एक सय पाँच रनको लक्ष्य
Tiktok banner adTiktok banner ad

काठमाडौं । मलेसियामा जारी महिला यू–१९ एसिया कपमा पाकिस्तानले नेपाललाई जितका लागि एक सय पाँच रनको लक्ष्य दिएको छ । 

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको हो । 

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् । उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन् । यस्तै, महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिसन अय्याजले १२ र फातिमा खानले नटआउट छ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन् । 

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक/एक विकेट लिए ।रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro