site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
५१ अंकले घट्यो नेप्से, सबै परिसूचक राताम्य

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५१.३७ अंकले घटेको छ । नेप्से १.९१ प्रतिशतले घटेर २,६३०.९१ को विन्दुमा पुगेको छ ।

आज पाँच अर्ब ९३ करोड ५६ लाख रुपैयाँमा एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर किनबेच भएको छ ।

Argakhachi Cement Island Ad

कारोबारमा आएकामध्ये सोमबार २२७ कम्पनीको सेयरमूल्य घटेको छ । १५ कम्पनीको सेयरमूल्य बढेको छ भने दुई कम्पनीको स्थिर छ ।  

कारोबारमा रहेका १३ वटै समूहगत परिसूचक घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

कुथेली बुखारी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा जानकी फाइनान्सको सेयरमूल्य ९.५८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्